28 Sep, 2026, Mon ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

गैर सरकारी संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

जिल्ला समन्वय समिति कास्की २०८३ आश्विन ९ गते शुक्रबार १६:२५:०० बजे

जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रीयाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सकिएको   छ।मिति २०८३ आश्विन ८ र ९ गते ( बिहीवार र शुक्रबार) दुई दिन सम्म चलेको  सो समिक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो । उक्त समिक्षा कार्यक्रममा कास्की जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका ६० जना भन्दा वढी सहभागीहरु सहभागी थिए ।

उक्त कार्यक्रममा गै स स ले आफूहरुले आ व ०८२/८३ मा सम्पादित काम र यस आ व को कार्यक्रम वारे प्रस्तुती गरेका थिए  ।  बिहीवारको  समिक्षामा राइट फर चिल्ड्रेन ,बाल कल्याण संस्था ,शक्ति समुह ,चिल्ड्रेन नेपाल ,कोपिला नेपाल ,दयाको सेवा नेपाल ,साना हातहरू नेपाल ,मानव अधिकारका लागि महिला एकल महिला समुह कास्की ,बाल हितकारी परियोजना ,थ्री एन्जल्स नेपाल ,बहिनी एडुकेयर  फाउन्डेसन ,कोपिला चिल्ड्रेन होम,महिला सशक्तीकरण समाज ,एस ओ एस बाहिनी  ,सहित सत्र वटा संस्थाले आ -आफ्नो संस्थाको संचालित कार्यक्रमको विवरण सहित  समिक्षा प्रस्तुत गरेका थिए भने शुक्रवार असहाय बाल उपकार संघ , आइ एन एफ नेपाल हरियो खर्क  अस्पताल , लिबर्ड ,रेन्बो चिल्ड्रेन होम,कर्मा फ्लाइट ,गोनेशा ,नेपाल हाउस कास्की ,समन्वय नेपाल बाल गृह ,सृजना बिकास केन्द्र  ,सिबिन नेपाल सहित १२ संस्था  समिक्षा प्रस्तुत गरेकाथिए ।

 समापनका अबशरमा  मन्तव्य राख्दै जि स स प्रमुख लिलाधर पौडेलले  गैरसरकारी संस्थाहरू थप प्रभावकारी , ब्यबस्थित र थप परिणाममुखी  बनाउन समिक्षा सहयोगी भएको उल्लेख गर्नुभयो । देखिएका कमिकमजोरी सुधारेर थप परिमार्जन र परिष्कारमुलक कार्यमा अगाडि बढ्न आग्रह गर्नुभयो । आफू निर्बाचित भएदेखि नै सरकारी एबम गैरसरकारी संस्था सहित सामाजिक संस्थाहरूको समेत पारदर्शीता ,जबाफदेहिता  र उत्तरदायीत्वमा जोड दिदै आएको स्मरण गर्दै नियामक निकाय स्थानिय तहहरू समेत थप क्रीयाशिल हुनुपर्नेमा जोड दिनुभयो ।राष्ट्र बिकास र समृद्धिको यात्रा गैरसरकारी संस्थाहरूको उपस्थिति र सहकार्य बिना सम्भब नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत वावुराम न्यौपाने सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल , नागरिक समाजका अगुवा राम बहादुर पौडेल ,पोखरा महानगर पालिकाका बाल कल्याण अधिकारी बेल कुमारी गुरुङ सहितले गैरसरकारी संस्थाका कार्य र भाबी भुमिका सम्बन्धमा प्रकाश पार्नुभएको थियो।

 जिल्ला परियोजना सल्लाहकार  समितिका  संयोजक एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप - प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. गैर सरकारी संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न । २०८३ आश्विन १२ गते सोमबार ५१७.२३ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ आश्विन १२ गते सोमबार