14 Sep, 2026, Mon ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

विकास समन्वय वैठक सम्पन्न

जिल्ला समन्वय समिति कास्की २०८३ भाद्र १८ गते बिहीबार ११:००:०० बजे

२०८३ भदौ १७ गते  जिल्ला समन्वय समिति कास्कीले बिकास समन्वय बैठक सम्पन्न गरेको छ। विकास संग सम्वन्धित पोखरा मुग्लिगं सडक नेपाल विधुत प्राधिकरण पोखरा विमानस्थल पोखरा भरतपुर विधुत सुध्रिडीकरण आयोजना लगायतका कार्यालयहरुका समस्याका विषयमा सहजिकरण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो  । जि स स प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पौडेलले कास्कीमा संचालित आयोजना समयमै सम्पन्न नहुदा सेवाग्राही मर्कामा परेको भन्दै  संचालित आयोजना सहित अन्य सरोकारवाला सरकारी निकाय बिच प्रभाबकारी समन्वय अत्यावश्यक भएको उल्लेख गर्नुभयो ।पोखरा र कास्की क्षेत्रमा विद्युत ,सडक, बिमानस्थल सम्बन्धित बिकास आयोजनाका सन्दर्भमा देखिएका बिबाद समस्या समाधनार्थ तत्काल गम्भीरताका साथ कार्य गर्न आग्रह गर्नुभयो ।पौडेलले राष्ट्र निर्माणको कार्य सबैको सामुहिक प्रयासबाट संभब हुने उल्लेख गर्नुभयो।जिल्ला समन्वय अधिकारी नवराज बरालले सरोकारवाला कार्यालयहरू गम्भीर र समन्वय नभएको जनगुनासो आएपछी समन्वय बैठक आयोजना गरिएको भन्दै प्रक्रिया मिलाएर समस्याको समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो । सो समन्वय बैठकमा नागरिक उड्डयन प्राधिकरण पोखरा ,अध्यागमन कार्यालय पोखरा बिमानस्थल ,नेपाल विद्युत प्राधिकरण ,पोखरा भरतपुर विद्युत प्रणाली शुदृढिकरण आयोजना , पोखरा महानगर पालिकाको कार्यालय ,पोखरा मुग्लिङ्ग सडक आयोजना पश्चिम खण्डका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको जिसस कास्कीका सूचना अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. विकास समन्वय वैठक सम्पन्न २०८३ भाद्र २९ गते सोमबार २९८.२३ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ भाद्र २९ गते सोमबार