22 Nov, 2025, Sat ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

कास्की जिल्लाका विकास निर्माण सम्वद्ध कार्यालयहरुवीच को विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रम

व्यवस्थापन शाखा २०८२ मंसिर ३ गते बुधबार १३:१०:०० बजे

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्लाका विकास निर्माण सम्वद्ध कार्यालयहरुवीच को विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा मिति २०८२ मंसिर २ मा सम्पन्न भएको छ । विकास निर्माण कार्य सम्वद्ध  कार्यालयका प्रमुख तथा प्रतिनिधि गरी करिव ४० जना सहभागी भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख श्री लिलाधर पौडेलज्यूले गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी नवराज वरालले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य जि.स.स कास्की उपप्रमुख श्री सरिता कुमालले गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल टेलिकम, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, स्थानीय पूर्वधार विकास आयोजना, प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश, मुग्लिंग पोखरा सडक आयोजना, खानेपानी संस्थान, शिक्षा विकास तथा समन्वय इकाइ कास्की, मध्यपहाडी लोकमार्ग, पुल सेक्टर आयोजना, सडक डिभजन कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, पूर्वधार विकास कार्यालय, संघीय खानेपानी तथा ढल विकास आयोजना, कृषि विकास कार्यालय कास्की, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, वृहत जलाधार व्यवस्थापन केन्द्र लगायतका कार्यालयहरुले आ-आफ्नो कार्यालयवाट सम्पादन भएका कार्य प्रगति तथा समस्याका वारेमा प्रस्तुती गर्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले विकास निर्माण सम्वद्ध विविध विषयमा जिज्ञासा तथा समन्वयका विषयमा छलफल तथा अन्तरकृया गर्नु भएको थियो । कार्यक्रममा अन्नपूर्ण गांउपालिकाका अध्यक्ष श्री विष्णु वहादुर के.सी.ले शुभकामना मन्तव्य राख्दै वर्तमान जन भावना अनुसार कार्यक्रम संचालन गर्न र जनताको घरदैलो सम्म सेवा सुविधा पुराउन कार्यालयहरुलाइ अनुरोध गर्दै कसैको व्यक्तिगत पहूचको आधारमा नभै आवश्यकता र प्राथमिकताका आधारमा योजना छनौट गरी स्थानीय तहमा संचालनहुने कार्यक्रममा सम्वन्धित स्थानीय तह गांउपालिका/ नगरपालिका मार्फत संचालन गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख श्री लिलाधर पौडेलले जनताको आशा चाहान अनुरुप विनियोजित वजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिदै कार्यक्रमहरुले वास्तवमै जनताको जीवनस्तर उकास्न सक्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले विकास योजना समयमै सक्न र वेरुजु सून्य हुने गरी कार्य गर्न अनुरोध गर्दै हाम्रो लेखापरीक्षण पद्धतिमा समस्या रहेकोले आन्तरिक लेखा परीक्षण र अन्तिम लेखापरीक्षण लाइ वास्तविक र पारदर्शी वनाउन सम्वद्ध पक्षलाइ अनुरोध गर्नु भएको थियो । विगत देखि समस्यामा रहेका रुग्ण आयोजनाको समस्या तत्काल समाधान गरी अगाडी वढ्न र क्रमागत योजनालाइ सम्पन्न भएपश्चात मात्र नयांयोजनामा वजेट विनियोजन गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. कास्की जिल्लाका विकास निर्माण सम्वद्ध कार्यालयहरुवीच को विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धि अन्तरकृया कार्यक्रम २०८२ मंसिर ३ गते बुधबार ३.८४ एम.बि.

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ मंसिर ३ गते बुधबार