9 May, 2025, Fri ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
/ सूचना/समाचार

जिसस कास्कीद्वारा बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक

जिल्ला समन्वय समिति कास्की २०८२ बैशाख १६ गते मंगलबार १४:४०:०० बजे

जिसस कास्कीद्वारा बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक
कास्कीका पालिकाहरू मध्यम जोखिममा - जिसस प्रमुख पौडेल
१६ बैशाख ,पोखरा
जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) को नतिजा सार्बजनिक गरेको छ।
जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार कूल सय अन्कभारमा रूपा गाउँपालिकाले ६८%,अन्नपूर्ण गाउँपालिकाले ६६.५ %,मादी गाउँपालिकाले ६१.५ %,पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ % प्राप्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्बजनिक गरे लगत्तै कास्कीका पालिकाहरूको बित्तिय सुशासनको अबस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे।
प्रमुख पौडेलले ४०% भन्दा तल उच्च जोखिम ,४०% बाट ८० % सम्म मध्यम जोखिम र ८० भन्दा माथी अन्क प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी बर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने बताउनुभयो ।
बित्तीय सुशासनको बिषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो ।
उन्नत खालको सुशासन उत्कृष्ट बित्तिय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो।
प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख ,उप- प्रमुख ,प्रशासकिय अधिकृत , कर्मचारी ,संचारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

ddc nepal govt logoBest Regards,


Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. जिसस कास्कीद्वारा बित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा सार्बजनिक २०८२ बैशाख १६ गते मंगलबार ३४८.७१ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ बैशाख २३ गते मंगलबार