मिति २०८३ भाद्र १६ गते मानवअधिकार छैटौ राष्ट्रिय कार्ययोजना कार्यान्वयन समन्वय जिल्ला समितिको वैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलज्यूको संयोजकत्वमा भएको वैठकमा जि स स उप प्रमुख,पालिका प्रमुखहरु, जि स स का पदाधिकारीहरु, गै स स महासंघका अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख लगायतका पदाधिकारी सहित करिव ३५ जनाको सहभागित रहेको वैठकमा जिल्ला समन्वय समितिका शाखा अधिकृत लक्षु शर्माले मानवअधिकार छैटौ राष्ट्रिय कार्ययोजना २०८३/८४-८७/८८ को वारेमा जानकारीमुलक कार्यपत्र प्रस्तुती गर्नु भएको थियो । वैठकमा सहभागीहरुले मानव अधिकार सम्वद्ध विषयमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको संचालन समिति सदस्य सचिव जिल्ला समन्वय अधिकारी नवराज वरालले गर्नुभएको थियो ।