8 Aug, 2026, Sat ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

जिसस कास्कीको आ व ०८२।८३ को उपलब्धि र ०८३/८४ बार्षिक कार्ययोजना सार्बजनिक तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न ।

जिल्ला समन्वय समिति कास्की २०८३ श्रावण २२ गते शुक्रबार १७:००:०० बजे

मिति २०८३ श्रावण २२ गते  समन्वय समिति कास्कीले आर्थिक बर्ष ०८२।८३ को उपलव्धी र  २०८३-८४ को बार्षिक कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रबार बिषेस संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर  आफ्नो उपलब्धी र कार्ययोजना सार्बजनिक गरेको हो। सार्बजनिक गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले  नेपालको संविधानको धारा २२० अनुसार जिससका  काम कर्तव्य र अधिकार, जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने भन्ने उल्लेख भए मुताबिकका बिषयबस्तुलाइ प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। उक्त कार्यक्रम संचालन जि स अ नवराज वरालले गर्नु भएको थियो भने कार्य प्रगति र भावी रणनीति र कार्यक्रम वारेमा शाखा अधिकृत लक्षु शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमामा विभिन्न संचार गृहका २० जना संचारकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. जिसस कास्कीको आ व ०८२।८३ को उपलब्धि र ०८३/८४ बार्षिक कार्ययोजना सार्बजनिक तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न । २०८३ श्रावण २२ गते शुक्रबार ६१४.९२ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ श्रावण २२ गते शुक्रबार