28 Apr, 2026, Tue ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

स्थानीय तह गांउपालिकका वडाअध्यक्ष तथा कर्मचारीहरुका लागि क्षमता विकास कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिति कास्की २०८३ बैशाख १५ गते मंगलबार १७:००:०० बजे

२०८३ बैशाख १४, पोखरा ।
स्थानीय तहका जनप्रतिनिधि संग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ।कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले  बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आम कृषक समेत मा बिमा सम्बन्धि सचेतना बढाउन सबै बिमा सेवा प्रदायक संस्था हरू कटिबद्धताका साथ लाग्नु पर्ने बताउनुभयो।बिमा दाबी ,भुक्तानीमा जटिलता देखिएको आम सर्बसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै प्रमुख पौडेलले सो प्रक्रिया सरलिकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र बिमाको नियामक निकाय बिमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने र सेवा प्रबाह थप प्रभाबकारी र ब्यबस्थित बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

 कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल  बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु  प्रसाद मिश्रले नेपालमा कृषि बिमाको ब्यबस्था , सो सम्बन्धि  विद्यमान ऐन कानुनहरू ,अनुदान सम्बन्धि ब्यबस्था ,बिमा शुल्क ,दाबी तथा भुक्तानी सम्बन्धि ब्यबस्थाका बारेमा प्रकाश पार्नु भएको थियो।त्यसैगरि कास्कीका सहायक प्रमुख  जिल्ला चित्राङ्गत बरालले नागरिकता, राहादानी लगायत  पन्जिकरणका समस्या र समाधान  बिषयमा सहजीकरण गर्नुभएको थियो। रूपा गाउँपालिका वडा न 2 का वडाध्यक्ष राजन सुबेदी ,माछापुच्छ्रे गाउँ पालिकाका प्रमुख कार्यकारी अधिकृत केशब सुबेदी लगायतले प्रस्तुत कार्यपत्र उपर टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा कास्की स्थित विभिन्न पालिकाका जनप्रतिनिधिहरू, बिमा सेवा प्रदायक  कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो।नेपाल  बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भु प्रसाद  मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको संयोजन जिल्ला समन्वय समिति कास्कीले गरेको थियो।  कार्यक्रमको  संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत नेपाल  बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका सहायक निर्देशक  कबिता पाण्डेले गर्नुभएको थियो

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. स्थानीय तह गांउपालिकका वडाअध्यक्ष तथा कर्मचारीहरुका लागि क्षमता विकास कार्यक्रम सम्पन्न २०८३ बैशाख १५ गते मंगलबार २९९.०३ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ बैशाख १५ गते मंगलबार