21 Aug, 2026, Fri ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

स्थानीय तहको आ व ०८२/८३ को वार्षिक समिक्षा तथा असल अभ्यास अनुभव कार्यक्रम सम्पन्न ।

जिल्ला समन्वय समिति कास्की २०८३ भाद्र ५ गते शुक्रबार १६:२०:०० बजे

२०८३/५/५ गते जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक बर्ष २०८२-८३ को बार्षिक समिक्षा तथा असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले उद्घाटन गर्नु भएको थियो । पहारीले नेपालको संविधानले ब्यबस्था गरेका तीन तहका सरकारहरू बिच प्रभाबकारी समन्वय र सहजीकरणमा जिसस कास्कीको भुमिका प्रसम्सनिय भएको उल्लेख गर्दै योजनाको छनोट र कार्यान्वयनका लागि स्पस्ट कानुनी र ब्यबस्थित संरचना निर्माण जरुरी देखिएको उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका पालिकाहरूको कार्य सम्पादनको स्तर र बिकास निर्माणका कार्यहरूमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले स्थानीय सरकार संचालन ऎनले ब्यबस्था गरे अनुसार समिक्षा कार्यक्रम अर्ध बार्षिक र बार्षिक रूपमा आयोजना गर्ने गरिएको उल्लेख गर्नुभयो ।प्रमुख पौडेलले बिकासका योजना छनोट प्रक्रिया र प्राथमिकिकरणमा देखिएका त्रुटिका कारण पालिकाहरूको कार्य सम्पादनको स्तर अपेक्षित रूपले उत्कृष्ट हुन नसकेको उल्लेख गर्दै कास्की पालिकाहरूलाइ सुशासन ,पारदर्शीता र जवाफदेहिता सहितका सेवा प्रबाहमा ध्यान दिन आग्रह गर्नुभयो ।पौडेलले कास्कीका पालिकाहरूलाई बेरूजुमुक्त पालिका बनाउन आग्रह गर्नुभयो।  कार्यक्रममा कास्कीका पोखरा महानगरपालिका ,अन्नपूर्ण ,माछापुच्छ्रे ,रूपा र मादी गाउँपालिकाहरूको आर्थिक बर्ष २०८२-८३  मा भए गरेका कार्कोयको समिक्षा को साथै असल अभ्यास वारे अनुभव प्रस्तुत  गरिएको थियो । कार्यक्रममा कास्पोकी प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुग चेम्बर अफ कमर्सका महासचिव गोकर्ण अधिकारी ,नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल ,माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीन बहादुर गुरुङ , सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो । समिक्षामा कास्कीका पालिकाका प्रमुख ,कार्यकारी अधिकृत , नागरिक समाजका अगुवाहरू, उद्योगी ब्यबसायिका प्रतिनिधिहरू को उपस्थिति रहेको थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा स्वागत उप -प्रमुख सरिता मालले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको  थियो भने प्राविधिक सहयोग सूचना अधिकारी लक्षु शर्माले गर्नु भएको थियो ।

 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. स्थानीय तहको आ व ०८२/८३ को वार्षिक समिक्षा तथा असल अभ्यास अनुभव कार्यक्रम सम्पन्न । २०८३ भाद्र ५ गते शुक्रबार ६६१.८६ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ भाद्र ५ गते शुक्रबार