मिति २०८३ भाद्र ८-९ गते जिल्ला समन्वय समिति
कास्कीको आयोजनामा कास्की जिल्ला भित्रका विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धित
कार्यालयहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीका
प्रमुख लिलाधर पौडेलज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कास्की जिल्लाका
विकास निर्माण सम्वद्ध १४ वटा र सेवा प्रवाह सम्वन्धि १४ वटा गरी २८ वटा कार्यालहरुले आ व ०८२/८३ मा सम्पादित कार्यहरुको
प्रगति सहितको प्रस्तुती गर्नु भएको थियो ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय
समिति कास्कीका प्रमुख श्री लिलाधर पौडेलले विकास निर्माण तथा सेवा प्रवाह सम्वद्ध
सरोकारका विषयमा छलफल तथा समस्याको समधानका लागि यो कार्यक्रम फलदायी रहेको कुरा
राख्दै स्थानीय सरकार संचालन ऐन २०७४ ले व्यवस्था गरे अनुसार जिल्ला समन्वय
समितिले आयोजना गरेको यो वार्षिक प्रगति समिक्षा कार्यक्रममा जिल्लावाट
प्रतिनिधित्व गर्ने संघीय तथा प्रादेशिक माननीयज्यूहरुलाइ आमन्त्रण गरिएता पनि
उहांहरु उपस्थित नभएकोमा गुनासो व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रमुखले
सवै विकास सम्वद्ध कार्यालयहरुले जनताको चाहना र भावना अनुसार विकास सम्वन्धि
कार्यहरु अगाडी वढाउन र सम्पादित कार्यहरुमा पारदर्शिता र जवाफदेहिता प्रवर्धन
गर्न अनुरोध गर्नु भएको थियो ।
उक्त कार्यक्रममा
८ गते विकास निर्माण सम्वद्ध खानेपानी तथा ढल व्यवस्थापन कार्यालय कास्की,
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जा, खानेपानी संस्थान कास्की, मुग्लिङ्ग
पोखरा पश्चिम सडक खण्ड, पुल सेक्टर आयोजन कार्यालय पोखरा, सडक डिभिजन कार्यालय
पोखरा, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा, जलस्रोत तथा सिंचाइ विकास
कार्यालय कास्की, पूर्वधार विकास कार्यालय कास्की, अन्नपूर्ण संरक्षण क्षेत्र
आयोजना कार्यालय कास्की, डिभिजन वन कार्यालय कास्की, नेपाल विधुत प्राधिकारण पोखरा
भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना, स्थानीय पूर्वधार विकास आयोजना कार्यालय, सडक
पुल तथा प्रदेशिक भवन कार्यालय कास्कीले आ आफ्नो कार्यालयवाट सम्पादित कार्यहरुको
प्रगति विवरण सहितको प्रस्तुती प्रस्तुत भएको थियो ।कार्यक्रममा विकास निर्माणमा
मध्यपूर्वमा भएको युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, निर्माण समाग्रीको
अभाव, जेन्जी आन्दोलन पश्चात भएको वजेट रोक्का, जनशक्तिको अभाव आदि कारणवाट विकास
निर्माण कार्यमा निर्धारित लक्ष्य हासिल गर्न कठिनाइ भएको विषय विकास निर्माण
सम्वद्ध कार्यालयहरुले प्रस्तुत गरेका थिए । भने ९ गते विकास तथा सेवा प्रवाह
सम्वद्ध भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्की, शिक्षा विकास तथा समन्वय
इकाइ कास्की, यातायात व्यवस्था कार्यालय सवारी कास्की, प्रदेश कृषि प्रयोगशाला,
भूमि प्रशासन कार्यालय कास्की, कृषि विकास कार्यालय कास्की, राष्ट्रिय कृषि
आधुनिकीकरण कार्यक्रम, सामाजिक सुरक्षा कोष, भूमि प्रशासन कार्यालय लेखनाथ, वृहत
जलाधार व्यवस्थापन केन्द्र गण्डकी, श्रम तथा रोजगार कार्यालय पोखरा, प्रदेशिक
जनस्वास्थ्य केन्द्र कास्की, प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल पोखरा र नेपाल
विधुत प्राधिकरण पोखरा वितरण केन्द्रवाट आ आफ्नो कार्यालयवाट सम्पादित कार्यहरुको
प्रगति विवरण सहितको प्रस्तुती प्रस्तुत भएको थियो ।
विकास निर्माण तथा सेवा प्रवाह सम्वद्ध कार्यालयका
कार्यालय प्रमुखहरु तथा प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, अन्य सरोकारवालाहरु
सहित करिव ९० जनाको उपस्थि रहेको उक्त कार्यक्रममा जनसरोकारका विषयहरुमा
सहभागीहरुले विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ८
गते शुभकामना मन्तव्य राख्दै पोखरा चेम्वर
अफ कमर्सका अध्यक्ष श्री उमराज वास्तोलाले यो समिक्षा कार्यक्रमले नीतिगत तथा
व्यवहारगत कारणवाट आयोजना संचालनमा परेको अफ्ट्यारो फुकाउन सहयोग गरेको र विकास
निर्माणका कार्यलाइ गति दिन निजी क्षेत्रको सधै साथ र सहयोग रहने विचार व्यक्त
गर्नु भएको थियो । ९ गते नागरिक समाज पोखराका अध्यक्ष राम वहादुर पौडेलले शुभकामना
मन्तव्य राख्दै नागरिकलाइ सहज सेवा प्रावह र विकास निर्माण गर्ने कुरामा कुरामा
नागरिक समाज सधै यहांहरुको साथमा रहेको तर गलत कामलाइ सधै भरी खवरदारी गर्ने कुरमा
आफू पछि नहट्ने कुरा राख्दै जिल्ला समन्वय समितिकास्कीले कास्की जिल्लाको विकासमा
सधै भरी अभिभावकीय भूमिका निर्वाह गरिरहेको र आगमी दिनमा पनि निरन्तरता दिन अनुरोध
गर्नु भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको उक्त कार्यक्रमको
संचालन जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी नवराज वरालले गर्नु भएको थियो भने कार्यक्रममा प्राविधिक सहयोग जिल्ला समन्वय समिति कास्कीका सूचना
अधिकारी श्री लक्षु शर्माले गर्नु भएको थियो ।