जिल्ला समन्वय समिति कास्की र लम्जुंग विच असल अभ्यास अनुभव आदान प्रदान कार्यक्रम मिति २०८३।३।२८ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेल सहित सदस्यहरु जिल्ला समन्वय अधिकारी र कर्मचारीहरुको टोली लम्जुंग पुगेको थियो । उक्त कार्यक्रममा दुवै जिल्लाका असल अभ्यास विकास निर्माण तथा सेवा प्रवाह कार्य लगायतका अनुभवहरु आदान प्रदान भएको थियो ।