7 Dec, 2025, Sun ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ सूचना/समाचार

गैर सरकारी संस्थाहरुको वार्षिक समिक्षा

व्यवस्थापन शाखा २०८२ मंसिर १६ गते मंगलबार १३:४०:०० बजे

गैर सरकारी संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा गैरसरकारी संस्था महासंघ कास्कीको समन्वयमा कास्की जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरुको आ व ०८१/८२ को वार्षिक र आ.व ०८२/८३ को हालसम्मको प्रगति समिक्षा कार्यक्रम मिति २०८२/८/१० गते सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलज्यूको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा कास्की जिल्लाका स्थानीय तहका सामाजिक विकास शाखा प्रमुख, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, गैर सरकारी संस्था महासंघ कास्की जिल्ला अध्यक्ष इन्दिरा पौडेल, जिल्ला समन्वय समितिका पदाधिकारीज्यूहरु सहित करिव ७० जना सहभागीहरुको सहभागिता रहेको थियो ।

विभिन्न २३ वटा गैरसरकारी संस्थाहरुले आफ्नो वार्षिक प्रगति तथा यस आ.व का कार्यक्रमहरुको वारेमा प्रस्तुती गर्नु भएको कार्यक्रममा स्थानीय तहका सामाजिक विकास शाखा प्रमुखहरुले स्थानीय तहसंग नीतिगत मात्र नभै कार्यगत समन्वयमा कार्य गर्न सवै गै.स.स. लाइ अनुरोध गर्नु भएको थियो । कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेलले गैरसरकारी संस्थाहरुका काम कार्वाहीहरु जनमुखी र पारदर्शी हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले समापन मन्तव्य राख्दै स्थानीय जनसरोकारका समस्यालाइ  सम्वोधन गर्ने कार्यमा गैर सरकारी संस्थाको महत्वपूर्ण भुमिका रहेको विषय उल्लेख गर्दै गैरसरकारी संस्थाहरुले पार्दर्शिता, खुलापन, भ्रष्टारमुक्त तथा सुशासनयुक्त समाज निर्माण गर्न भुमिका खेल्नु पर्ने वताउनु भएको थियो । उहांले गैर सरकारी संस्थाहरुको पारदर्शितामा वेला वखत कुरा उठ्ने गरेको विषय उल्लेख गर्दै गैरसरकारी संस्थाहरुले पारदर्शि भै कार्यक्रम संचालन गर्न अनुरोध गर्नु भएको थियो । उहांले सरकारले तोकेको न्यूनतम तलव दिन र सामाजिक सुरक्षामा आफ्ना कर्मचारीहरुलाइ आवद्ध गराउन अनुरोध गर्दै दिगो विकास लक्ष्य प्राप्तीमा गैर सरकारी संस्थाले महत्वपूर्ण भुमिका खेल्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो । जिल्ला समन्वय समितिका सूचना अधिकारी लक्षु शर्माले संचालन गर्नु भएको उक्त कार्यक्रमको उद्धेश्यमाथि जिल्ला समन्वय अधिकारी नवराज वरालले प्रकाश पार्नु भएको थियो भने सहभागीहरुलाइ जिल्ला समन्वय समिति उपप्रमुख सरिता कुमालले स्वागत गर्नु भएको थियो ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. गैर सरकारी संस्थाहरुको वार्षिक समिक्षा २०८२ मंसिर १६ गते मंगलबार ९५६.७७ के.बि

थप सूचना/समाचार

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ मंसिर १७ गते बुधबार