जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१- ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक बर्ष २०८२-८३ को कार्ययोजना सार्बजनिक गरेको छ ।मंगलबार एक बिशेस पत्रकार भेटघाट तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेर सो कार्ययोजना सार्बजनिक गरिएको हो ।जिल्ला समन्वय समितिका प्रमख श्री लिलाधर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न मिडियाका करिव ३० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संविधानको मर्म अनुसार प्राप्त अधिकार र स्रोत साधनको अधिनमा रहेर उत्कृष्ट समन्वय र अनुगमनका कार्यलाई प्रभाबकारी बनाउदै लगेको बताउनु भयो । कार्यक्रममा संचारकर्मीहरुले राखेका विभिन्न सवालहरुमा जिल्ला समन्वय अधिकारी नवराज वराल र जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पोडेलले प्रष्टपार्नु भएको थियो ।