5 Apr, 2026, Sun ddckaski@gmail.com (+९७७)-०६१-४६४३४६
समाचार:
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८२ फाल्गुण ८ गते शुक्रबार

कास्की जिल्लाको सदरमुकाम पोखरा हो । राजधानी काठमाडौंदेखि करिब २०० किलोमिटर पश्चिममा रहेको यो जिल्ला प्राकृतिक रूपले अत्यन्त मनोरम स्थान हो। कास्की जिल्ला मध्यपहाडी पर्यावरणीय प्रदेशमा परेता पनि जिल्ला भित्रको थुप्रै भूभाग उच्च हिमाली क्षेत्रमा पाइन्छ। यो जिल्लाको आकार वृत्ताकार छ भने फैलाबट करिब ७० किलोमिटरको हवाइ दूरीमा पूर्वपश्चिम एवं उत्तरदक्षिण फैलिएको छ।

समुद्र सतहदेखि मादी नदीको किनारमा करिब ४५० मिटरसेती नदीको कोत्रेस्थित गल्छी करिब ५५० मिटर र मोदी नदीको विरेठाँटी नजीक लगभग ९५० मिटर उचाइमा यस जिल्लाको होंचो भाग अवस्थित छ। उत्तरको अग्लो अन्नपूर्ण श्रृङ्खला संधै हिउँले ढाकी रहन्छ र ११ वटा विभिन्न हिमशिखरहरू ७,००० मिटरभन्दा बढी उचाइका छन्। यीमध्ये अन्नपूर्ण प्रथम (८,०९१) मिटर यसै जिल्लाको उत्तरपश्चिम सीमानामा पर्छ भने अति मनमोहक कुमारी चुचुरा भर्जिन पिक माछापुच्छ्रे हिमाल (६,९९३ मिटर) जिल्लाको उत्तरी मध्यभागमा पर्दछ ।

यस जिल्लाले देशको कुल भूभागको २०१७ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। स्याङ्गजातनहुँलमजुङ्गमनाङ्गम्याग्दी र पर्वत गरी ६ वटा जिल्लासँग सिमाना जोडिएको यस जिल्लाको भौगोलिक अवस्थिति २८० ०६ उत्तरी अक्षांशदेखि २८० ३६ उत्तरी अक्षांशसम्म र ८३० ४० पूर्व देशान्तरदेखि ८४० १२ पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फको मनमोहक हिमाच्छादित श्रृङ्खलासेती नदीको गहिरो गल्छीउपत्यका र तालतलैया यस जिल्लाका आभूषण हुन्। माछापुच्छ्रे र फेवातालको प्रतिविम्ब जिल्ला पर्यटन व्यवसायका रथी हुन्।

कास्कीमा एक महानगरपालिका र ४ गाउँपालिका छन्। माछापुच्छ्रे गाउँपालिकापोखरा महानगरपालिकाअन्नपूर्ण गाउँपालिकामादी गाउँपालिका हुन्। पोखरा गण्डकी प्रदेश केन्द्र पनि हो। पर्यटनवाणिज्यशिक्षा र स्वास्थ्यसम्बन्धी सेवा र सुविधाले सम्पन्न पोखरा शहर नेपाल अधिराज्यकै एक सुन्दर र सफा नगरको रूपमा पहिचान राख्दछ। प्रतिनिधि सभाका लागि यस जिल्लामा तीन निर्वाचन क्षेत्र छन्। त्यसैगरि प्रादेशिक संसदका ६ क्षेत्र रहेका छन्।

राष्ट्रिय जनगणना २०६८ अनुसार कास्की जिल्लाको कूल जनसङ्ख्या ४,९२,०९८ जनामध्ये पुरुष २,३६,३८५ जना र महिला २,५५,७१३ रहेका छन्। यस जिल्लामा दुई भिन्न पर्यावरणीय प्रदेश (पहाडी र उच्च हिमाली)मा पर्ने हुँदा पनि यसमा विषम भूबनावट पाइन्छ। विषम भूबनावटको निर्माण हुनुको कारणमा जिल्लामा पर्ने भौगोलिक संरचनाको विशेष भूमिका रहेको छ।

भौगोलिक विविधता भएकै कारण यहाँ एकै समयमा ठाउँ अनुसार फरक फरक हावापानी रहेको पाइन्छ। यस जिल्लामा सम शितोष्णदेखि शितोष्ण हावापानी रहेको पाइन्छ। हालसम्ममा पोखरा स्टेशनमा अधिकतम तापक्रम ३७.४ डिग्री र न्यूनतम तामक्रम १.८ डिग्री रहेको तथा अधिकतम कुल ३५७ मिलिलिटर पानी परेको रेकर्डबाट देखिन्छ। नेपालमा बढी पानी पर्ने जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्ले क्षेत्र पर्दछ।

सेती र मादी कास्कीका प्रमूख नदीहरु हुन्। त्यसका साथै मोदीमर्दीकालीविजयपुरकोत्रेसर्दीकाहुँहर्पनफुस्रेइंदीआदि खोलाहरु पनि छन्। प्रमुख तालको रूपमा फेवाताल १५ वर्ग कि.मी.बेगनास ताल १० वर्ग कि.मी. रुपा ताल १ वर्ग कि.मी. र अन्यमा दिपाङ्गमैदीकमलन्युरेनीखास्टे ताल,वुडुवागुदेआदि। पोखराको लेखनाथलाई सात तालको शहर पनि भनिन्छ।

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८२ फाल्गुण ८ गते शुक्रबार