जिल्ला समन्वय समिति कास्कीद्वारा गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा जिल्ला समन्वय समिति कास्कीद्वारा स्थानिय तहहरूको बार्षिक समिक्षा जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक समिक्षा नेपाल रेड्क्रस कास्कीको अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेल जि. स. स .कास्किद्वारा वडा सदस्यहरूको लागि तालिम कास्कीलाइ बिकासमा नमुना बनाऔ -जि.स.स. कास्की प्रमुख पौडेल कास्कीलाइ बिकासमा नमुना बनाऔ -जि.स.स. कास्की प्रमुख पौडेल जि. स.स. कास्कीको वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम जिल्ला समन्वय समितिको भुमिका विषयक वैचारिक अन्तरक्रिया जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस

नेपाल रेड्क्रस कास्कीको अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेल

स्थापना दिवसमा रेडक्रस कास्कीको अभिमुखिकरण

भाद्र १५ , पोखरा
६१ औं नेपाल रेड्क्रस स्थापना दिवसको अबसरमा नेपाल रेड्क्रस सोसाइटी लैङ्िगक तथा सामाजिक समाबेसिकरण समिति कास्कीद्वारा आयोजित पोखरा महानगर स्तरिय अभिमुखिकरण शुक्रवार पोखरामा सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो।
प्रमुख पौडेलले सामाजिक सेवा र मानव कल्याणमा खेलेको भुमिका अतुलनीय रहेको भन्दै निरन्तर समाज सेवाका कार्यमा लागि रहन आग्रह गर्नुभयो ।
पौडेलले नेपाल रेडक्रसको ६१ औ स्थापना दिवसको अबसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सबै मिलेर सुन्दर र समृद्धि कास्की निर्माणका लागि अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा रेड्क्रस गण्डकी प्रदेशका सभापति सुर्य प्रसाद ढकाल ,कास्की सभापति डण्डराज शर्मा ,उपसभापति उर्मिला खड्का , रमा त्रिपाठी , कार्यकारी अधिकृत कृष्ण कोइराला लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
पोखरा महानगर पालिका अन्तर्गतका ३१ वटा उप शाखाका रेडक्रसकर्मी महिलाहरूको सहभागीता रहेको सो अभिमुखिकरण कार्यक्रममा रेड्क्रसका नीति सिद्धान्त ,गतिविधि एबम रेडक्रसका बिबिध पक्ष बारे अभिमुखिकरण प्रदान गरिएको थियो।

नेपाल रेड्क्रस सोसाइटी लैङ्िगक तथा सामाजिक समाबेसिकरण समिति कास्कीका संयोजक रमा कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यालय प्रमुख मोहन सिंह खड्काले गर्नुभएको थियो।

Skip to toolbar