लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरताका सम्बन्धमा आयोजना गरेको समन्वयात्मक  अन्तरक्रिया कार्यक्रम पोखरा २२ चिसापानी- खाल्से- कुभिन्डे – माछापुच्छ्रे भ्यु प्वाइन्ट सडक अनुगमन जिसस कास्कीको सातौं जिल्ला सभा,११४ वटा बिकास आयोजना जिल्ला सभाबाट स्वीकृति सहित माग जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको (FRA)को नतिजा सार्बजनिक जिसस कास्कीद्वारा क्षेत्र न. एक र तीनका योजनाको अनुगमन जिसस कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा ,अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त – जि. स. स. कास्की प्रमुख पौडेल

जि. स. स .कास्किद्वारा वडा सदस्यहरूको लागि तालिम

जि. स. स .कास्किद्वारा वडा सदस्यहरूको लागि तालिम

भाद्र १२ , पोखरा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका स्थानीय तहका जनप्रतिनिधि वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम सोमबार शुरु भएको छ।तालिमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।
पौडेलले बिकासका र जनताका काम सहज ढंगबाट सम्पन्न गर्न जनप्रतिनिधिहरूलाइ थप सक्षम बनाउन तालिम आयोजना गरिएको उल्लेख गर्दै सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो ।
प्रमुख पौडेलले बिकासमा गुणस्तर र सेवा प्रबाहमा जनताका प्रतिनिधिहरूलाइ कुनै अप्ठ्यारो हुन नहुने र जन प्रतिनिधिहरू समय सापेक्ष परिमार्जित र परिष्कृत हुन तालिम फलदायी हुने बिश्वास ब्यक्त गर्नु भयो।
सोमबार कास्कीका चारवटा गाउँपालिका र मंगलबार पोखरा महानगर अन्तर्गतका वडा सदस्यहरू सहभागी रहेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।
कार्यक्रममा बिकासका योजना छनोट ,प्रक्रिया र विधि स्थानीय सरकार संचालनमा वडा सदस्यको भुमिका ,बिद्यमान ऎन कानुन लगायतका बिषयमा प्रशिक्षण प्रदान गरिने सो कार्यालयका सूचना अधिकारी झबिश्वर रेग्मीले उल्लेख गर्नु भयो।
कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , जिल्ला समन्वय अधिकारी नवराज बराल , शाखा अधिकृत झबिश्वर रेग्मी लगायतले सहजीकरण गर्नुभएको थियो। जि. स . स कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत उप – प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको सो कार्यालयका नायब सुब्बा सरस्वती गौतमले जानकारी दिनुभयो ।

Skip to toolbar