कास्की जिल्ला भु- तथा जलाधार संरक्षण समितिको बार्हौ बैठकको अध्यक्षता गर्दै । ५ औं राष्ट्रिय महिला अधिकार दिवसको अबसरमा प्रभातफेरी तथा अन्तर्कृया कार्यक्रम पोखराको रत्नमन्दिर सर्बसाधारणको लागि खुल्ला गणतन्त्र दिवसको अबसरमा हार्दिक शुभकामना ! मुसे टुडामा नेपाल सरकार सडक बिभाग ,पूल महाशाखा द्वारा निर्माणाधीन मोटरेबलपूलको अनुगमन पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा बागलुङ राजमार्गमा पर्ने अन्नपूर्ण ३ पाउदुरमा बाटोको अनुगमन जि. स. स. महासंघ गण्डकी प्रदेश समितिले मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझायो जि .स .स .कास्किद्वारा निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन जिल्ला समन्वय समिति कास्कीको छैटौं जिल्ला सभा ३२ बुदेँ प्रस्तावित कार्यक्रम तथा निर्णय गरी सम्पन्न जि स स कास्कीद्वारा निर्माणाधीन काँहुखोला सिक्लेस दुधपोखरी सडकको अनुगमन

जि .स .स .कास्किद्वारा निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन

https://samacharpati.com/district-coordination-committee-kaski-6/

जि .स .स .कास्किद्वारा निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन

पोखरा ,१२ बैशाख

जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको सोमबार अनुगमन गरेको छ।
समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका काममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण कार्य गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोलि अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरि सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो ।
सो अबशरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रशर उधोग सहित ,निर्माण सामाग्रीको गुणस्तर ,मापदण्ड सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो।
अनुगमनमा जिल्ला समन्वय समिति कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर भण्डारी तथा प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको थियो।

Skip to toolbar