पोखरा २२ चिसापानी- खाल्से- कुभिन्डे – माछापुच्छ्रे भ्यु प्वाइन्ट सडक अनुगमन जिसस कास्कीको सातौं जिल्ला सभा,११४ वटा बिकास आयोजना जिल्ला सभाबाट स्वीकृति सहित माग जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको (FRA)को नतिजा सार्बजनिक जिसस कास्कीद्वारा क्षेत्र न. एक र तीनका योजनाको अनुगमन जिसस कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा ,अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त – जि. स. स. कास्की प्रमुख पौडेल जि.स .स. कास्कीद्वारा पहिलो पटक जेष्ठ नागरिकका समस्या समाधानका लागि अन्तर सम्बाद महिला शान्ति र सुरक्षा सम्बन्धि जिल्ला निर्देशक समितिको बैठक सम्पन्न

जिसस कास्कीद्वारा क्षेत्र न. एक र तीनका योजनाको अनुगमन

 जिल्ला समन्वय समिति कास्कीको टोलिले   निर्बाचन क्षेत्र न  ३ को योजनाको आइतबार अनुगमन सम्पन्न  गरेको छ।प्रमुख लिलाधर पौडेलको  नेतृत्वमा  जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्य र कर्मचारी प्राबिधिक कर्मचारी सम्मीलित टोलिले  अनुगमन गरेको  हो।

 कास्की निर्वाचन  क्षेत्र न ३ को पोखरा महानगर पालिका वडा न २३ मा नेपाल सरकार शहरी बिकास मन्त्रालय एकीकृत पूर्बाधार बिकास कार्यक्रम अन्तर  १२ करोड ४६ लाखको लागतमा  निर्माणाधीन कोल्ड स्टोर , प्रदशनि हल र सामुदायिक भवन सहितको  आयोजनाको अनुगमन गरिएको हो ।  जय नेपाल इश्वर निर्माण सेवा प्रा लि द्वारा निर्माण सुचारु उक्त आयोजनाको कार्य संतोषजनक पाइएको जि स स प्रमुख  लिलाधर पौडेलले  उल्लेख गर्नुभयो। पौडेलले गुणस्तर र निर्माण अबधिको उचित खयाल गर्दै आयोजनाको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

२०८१ कार्तिक महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको  उक्त आयोजनाको तीस प्रतिशत बित्तीय र ४० प्रतिशत भौतिक प्रगती देखिएको  संघीय  आयोजना कार्यान्वयन इकाइ पोखराका प्रमुख सुरज पौडेलले जानकारी दिनुभयो ।
       त्यसैगरि कास्की निर्बाचन क्षेत्र न एक  पोखरा महानगर पालिका वडा न १२ स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित  रेट्रोफिटिङ आयोजनाको  आइतबार नै अनुगमन गरिएको  जिल्ला समन्वय समिति कास्कीले जनाएको छ।

Skip to toolbar