निर्माणाधिन पोखरा बिमानस्थलको जिल्ला समन्वय समिती कास्किको अनुगमन ,अन्तराष्ट्रिय एयरपोर्ट सञ्चालनमा ढिला भए राष्ट्रलाई नोक्सान – जि. स. स. प्रमुख पौडेल पोखरामा नबौ राष्ट्रिय खेलकुद उद्घाटनका अबशरमा संबिधान दिवस,२०७९ अबशरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित मूल समारोह! कास्की नेत्रहिन संघ र समदृष्टी सहकारीको साधारण सभा ; अपांगमैत्री कास्की बनाउन पहल गरिनेछ – जि . स.स . कास्की प्रमुख- पौडेल कास्किमा वैदेशिक रोजगार छात्रवृत्ति बितरण जिसस कास्कीको आयोजनामा बालबालिका सम्बन्धि घटना ब्यबस्थापन अभिमुखिकरण ” भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन” सम्बन्धि कास्की जिल्लास्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम ” भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन” सम्बन्धि पालिका स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रम जि . स . स .कास्किको समन्वयमा कास्किकाका वडा अध्यक्षहरूको लागि तालिम शुरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ समन्वय बैठक

जिसस कास्कीको आयोजनामा बालबालिका सम्बन्धि घटना ब्यबस्थापन अभिमुखिकरण

https://lokpati.com/2022/09/194250/

जिसस कास्कीको आयोजनामा बालबालिका सम्बन्धि घटना ब्यबस्थापन अभिमुखिकरण शुरु

पोखरा ,भदौ २७

जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा राष्ट्रिय बाल अधिकार परिषदको सहजीकरणमा आयोजित स्थानिय तहमा बाल अधिकार संरक्षण र बालबालिका सम्बन्धि घटना ब्यबस्थापन दुई दिने अभिमुखिकरण तालिम सोमबार देखि पोखरामा शुरु भएको छ।
कास्कीका पाँच ओटा पालिकाका उप -प्रमुख सहित सम्बन्धित बिषय हेर्ने जनप्रतिनिधि तथा बिभागिय प्रमुख र कर्मचारीहरू एबम सरोकारवाला निकायहरू सहभागि तालिमको जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन । पौडेलले विभिन्न बहानामा बालबालिका पीडित हुन परेको र ती घटनाहरुको न्यूनीकरणमा जन- प्रतिनिधीहरूको महत्त्वपूर्ण भुमिका हुने उल्लेख गरे । उनले बाल बालिकामा हुने घटनाहरूको प्रक्रियागत ब्यबस्थापनमा तालिम उपयोगि हुने बिश्व्वास ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्की का उप – प्रमुख सरिता माल , जिल्ला समन्वय अधिकारी नबराज बराल , राष्ट्रिय बाल अधिकार परिषदका परियोजना प्रमुख ज्ञानेन्द्र श्रेष्ठ , परिषद गण्डकीका संयोजक बद्री प्रसाद वाग्ले, जि स स कास्की सदस्य लक्ष्मी दमै,शक्ति समुहका अध्यक्ष चरिमाया तामाङ लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

दुइदिन सम्म चल्ने तालिममा स्थानिय तहमा बालबालिकामा आइपर्ने समस्या , तिनिहरुको समाधान र सम्भाबित जोखिम न्यूनीकरणका प्रक्रियासँग सम्बन्धित बिषयमा अभिमुखिकरण प्रदान गरिने जि. स. स. कास्किले जनाएको छ।

Skip to toolbar