जिल्ला समन्वय समिति कास्कीद्वारा गैर सरकारी संस्थाहरूको बार्षिक समिक्षा जिल्ला समन्वय समिति कास्कीद्वारा स्थानिय तहहरूको बार्षिक समिक्षा जिल्ला समन्वय समिति कास्कीद्वारा कार्यालयहरूको बार्षिक समिक्षा नेपाल रेड्क्रस कास्कीको अभिमुखिकरण कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्की प्रमुख लिलाधर पौडेल जि. स. स .कास्किद्वारा वडा सदस्यहरूको लागि तालिम कास्कीलाइ बिकासमा नमुना बनाऔ -जि.स.स. कास्की प्रमुख पौडेल कास्कीलाइ बिकासमा नमुना बनाऔ -जि.स.स. कास्की प्रमुख पौडेल जि. स.स. कास्कीको वडा सदस्यहरूको लागि क्षमता अभिबृद्धी तालिम जिल्ला समन्वय समितिको भुमिका विषयक वैचारिक अन्तरक्रिया जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस

जिल्ला समन्वय समितिको भुमिका विषयक वैचारिक अन्तरक्रिया

https://fb.watch/mka0G5Rlpe/#pokharatelevision

जिल्ला समन्वय समिति कास्कीको स्थापना दिवस,गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेद्वारा उद्घाटन

पोखरा, साउन २१
जिल्ला समन्वय समिति कास्कीले आफ्नो स्थापना दिवस मनाएको छ । आइतबार जिल्ला समन्वय समितिको भुमिका बिषयक बैचारिक अन्तर्क्रीया कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाइएको हो ।
कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको थियो।
सो अबसरमा मुख्यमन्त्री पाण्डेले जिल्ला समन्वय समितिका सन्दर्भमा निर्माण भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन सहित भएका अप्ठ्यारा हटाउने भन्दै आबश्यक थप कानुन बनाउन सरकारका निकायहरू क्रियाशिल बनाउने बताउनुभयो।
गण्डकी प्रदेश सभा सदस्य तथा निबर्तमान मुख्य मन्त्री खगराज अधिकारीले जिल्लाको आधारभुत इकाइको रूपमा जिल्ला समन्वय समितिको बारेमा संविधानले ब्याख्या गरेका ब्यबस्था खुल्ला दिलले कार्यान्वयन गर्नुको बिकल्प नभएको बताउनुभयो। हाल जि . स . स. लाई हेर्ने अन्यौलपूर्ण अबस्थाको अन्त्य गर्न भुमिका खेल्ने भन्दै जि .स.स.लाई संघीयता कार्यान्वयनको मुख्य बिन्दु बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्ब सचिब रेष्मिराज पाण्डेद्वारा तयार पारिएको जिल्ला समन्वय समितिको भुमिका र सिमाहरू बिषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यपत्र माथि प्रतिनिधि सभा सदस्यहरू दामोदर बैरागी, मन बहादुर गुरुङ , शिव नेपाली , प्रदेश सभा सदस्य राजकुमारी भुजेल , सरस्वती गुरुङ , , प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरे ,मुख्य न्यायाधीबक्त्ता चिरञ्जीवी पौडेल शर्मा , गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे , गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा ,गण्डकी प्रदेश का प्रमुख सचीव लक्ष्मी कुमारी बस्नेत ,पूर्ब जि बि स सभापति पुण्य पौडेल , निबर्तमान जि. स. स .प्रमुख बैन बहादुर अधिकारी क्षेत्री लगाएतले टिप्पणी गर्दै अनुगमन तथा समन्वयकारी निकायको रूपमा जिल्ला समन्वय समितिलाई स्थापित गर्नुपर्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले समन्वय समितिहरूले भए गरेका ब्यबस्था र अधिकारहरूको उच्चतम सदुपयोग गर्दै काम गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष समेत रहेका पौडेलले हालसम्म महासंघको तर्फबाट जिल्ला समन्वय समितिलाई सबल कार्य सम्पादनका सबालमा भएका प्रयासहरूको जानकारी गराउनु भएको थियो।
कार्यक्रममा कास्कीबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सभा सदस्यहरू , जिल्ला समन्वय समिति गण्डकी प्रदेश अन्तर्गतका जिल्लाका प्रमुखहरू, राजनितीक दलका प्रमुखहरू, कार्यालय प्रमुखहरू एबम संचारकर्मीहरूको उपस्थिति रहेको थियो।
उप – प्रमुख सरिता मालले स्वागत गर्नु भएको कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नु भएको जिल्ला समन्वय समिति कास्कीले जानकारी दिएको छ।

Skip to toolbar