कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने श्रमिकको सुरक्षा पहिलो शर्त – जि .स. स. कास्की प्रमुख पौडेल  जि. स . स. कास्कीद्वारा साम्सदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम जिल्ला समन्वय समिती कास्की र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा कास्कीका कार्यपालिकाहरूको लागि स्थानिय तहको संस्थागत क्षमता स्वमुल्यांकन(LISA) तथा बित्तीय सुशासन जोखिम मुल्यांकन (FRA) सम्बन्धि कार्यान्वयनको फ्लो – अप तालिम मानसिक रोगको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्नेमा जिसस कास्की प्रमुख पौडेलको जोड बहुसास्कृतिक मनोसामाजिक संस्था( TPO)नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक निर्माणाधिन पोखरा बिमानस्थलको जिल्ला समन्वय समिती कास्किको अनुगमन ,अन्तराष्ट्रिय एयरपोर्ट सञ्चालनमा ढिला भए राष्ट्रलाई नोक्सान – जि. स. स. प्रमुख पौडेल पोखरामा नबौ राष्ट्रिय खेलकुद उद्घाटनका अबशरमा संबिधान दिवस,२०७९ अबशरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित मूल समारोह!

कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने

कास्कीमा संचालित क्रशर उद्योगहरूको अनुगमन गरिने
पोखरा , पुष २४ 

 

कास्की जिल्लामा संचालित विभिन्न क्रशर उद्योगहरूको स्थलगत अनुगमन गरिने भएको छ। नदिजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिको आइतबार  सम्पन्न बैठकले कास्कीमा संचालित क्रशर उद्योगहरूको सोमबारदेखि  अनुगमन गर्ने निर्णय गरिएको अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए।

कास्की जिल्लामा संचालित  केही क्रशर उद्योगहरूले बाताबरण तथा बिकासका पूर्बाधारहरुमा समेत प्रतिकुल प्रभाव पारेको जन गुनासो बढेपछि उक्त उद्योगहरूको बैधता र संचालनको अबस्था बुझ्न अनुगमन गरिनेछ ।
 अनुगमन पछि त्यस्ता उद्योगहरुको विवरण तयार गरि कानुन तथा मापदण्ड बिपरित संचालित  भएकालाइ कानुनको दायरामस  ल्याइने भन्दै पौडेलले  बाताबरण र बिकासका पूर्बाधारमा समेत असर पारेको देखिएमा कानुन बमोजिम कारबाही गरिनेे बताए।
  जनहित तथा कानुन  बिपरित काम गर्ने जो कोहि पनि कानुनको दायरामा आउनु पर्ने र कानुनी राज्यको अनुभुती हुने गरि अब समिती क्रियाशिल हुनेछ पौडेलले उल्लेख गरेका छ्न।
जिल्ला समन्वय प्रमुख संयोजक रहने समितिमा जिल्लाका  पालिकाका प्रमुखहरू   ,प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी कार्यालयका  प्रमुख , घरेलु कार्यालयका प्रमुख , डिभिजन बन कार्यालय कास्किका प्रमुख, ससस्त्र प्रहरी बल कास्कीका प्रमुख ,राष्ट्रिय अनुसन्धान पोखरा कार्यालयका प्रमुख ,कोष तथा लेखा नियन्त्रण कार्यालय कास्कीका प्रमुख ,पूर्बाधार बिकास कार्यालय कास्कीका प्रमुख,आन्तरिक राजस्व कार्यालय कास्कीका प्रमुख र जिल्ला समन्वय अधिकारी  सदस्य रहने प्राबधान रहेको छ।

Skip to toolbar