लैङ्गिक हिंसा ब्यबस्थापन सल्लाहकार समिति कास्कीको बैठक जिल्ला समन्वय समिति कास्कीले सेति नदीको पर्यावरण र सुन्दरताका सम्बन्धमा आयोजना गरेको समन्वयात्मक  अन्तरक्रिया कार्यक्रम पोखरा २२ चिसापानी- खाल्से- कुभिन्डे – माछापुच्छ्रे भ्यु प्वाइन्ट सडक अनुगमन जिसस कास्कीको सातौं जिल्ला सभा,११४ वटा बिकास आयोजना जिल्ला सभाबाट स्वीकृति सहित माग जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित पालिकाहरूको आर्थिक बर्ष २०७९/८०को बित्तिय सुशासन जोखिम मुल्यांकनको (FRA)को नतिजा सार्बजनिक जिसस कास्कीद्वारा क्षेत्र न. एक र तीनका योजनाको अनुगमन जिसस कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा ,अधुरा र रुग्ण आयोजनाको समस्या समाधान गर्न ध्यान केन्द्रित गरौं – जिसस प्रमुख पौडेल जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न जिल्ला समन्वय समिति कास्कीको बाल क्लबहरूसंग अन्तरसम्बाद सुचनाको हकको कार्यान्वयन अनिवार्य शर्त – जि. स. स. कास्की प्रमुख पौडेल

कार्यप्रगति बिबरण र बार्षिक कार्ययोजना पत्रकार सम्मेलन मार्फत सार्बजनिक

जिल्ला समन्वय समिति कास्कीको आर्थिक बर्ष २०७९-८० को कार्यप्रगति बिबरण सहित आर्थिक बर्ष २०८०-८१ को बार्षिक कार्ययोजना पत्रकार सम्मेलन मार्फत सार्बजनिक

साउन ५ , पोखरा

जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको बिबरण सहित आर्थिक बर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफुहरू निर्बाचित भएर कार्यभार सम्हाले पछि बर्तमान प्रदेश तथा संघ सरकारले हालसम्म निर्माण गरेका कानून र ऎन नियम भित्र रहेर उत्कृष्ट समन्वयकारी भुमिका निर्बाह गर्ने प्रयत्न रहेको उल्लेख गर्नुभयो । समन्वय र अनुगमनका लागि पर्याप्त कानुन अभाव भएको र उक्त कानुनहरू निर्माण गर्न आफूहरू निरन्तर प्रदेश र संघ सरकारलाई विभिन्न तवरले लबिङ् गरिरहेको भन्दै संबैधानिक ब्यबस्था अनुसार तीन तहका सरकार बिच बिकास र अन्य जन चासोका बिषयमा समेत समन्वय गरिरहेको उल्लेख गर्नु भयो।

उहाँले निर्बाचित भएको एक बर्षमा चौध वटा बैठक बसेको,नेपालमा नै पहिलोपटक विभिन्न बिषयगत कार्यालयको अर्ध बार्षिक समिक्षा गरिएको ,जि . स . स . कास्की सहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरूलाइ क्षमता अभिबृद्दि तालिम संचालन गरिएको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको ,गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमन सहित समन्वयात्मक बैठक सम्पन्न गरेको उल्लेख गर्नुभयो।

त्यसैगरि अनुभव आदानप्रदान गर्न असल सिकाइ अभ्यास कार्यक्रम ,नदि तथा खानिजन्य पदार्थ उत्खनन बिक्री बितरण र क्रशर संचालन कार्यबिधी र समन्वय कार्यबिधी निर्माण गरि छैटौं जिल्ला सभाबाट पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

पहिलो पटक स्थानिय तह स्वमुल्यांकन (LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन ( FRA) को नतिजा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको जानकारी दिनुभयो। प्रमुख पौडेलले जिल्ला सभाबाट पारित ३२ बुदे निर्णय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कास्कीमा संघीय ,प्रादेशिक र स्थानिय तहका बिकास आयोजनाको अनुगमनका क्रममा देखिएका समस्याको समन्वय र समाधानमा नियमित भएका कार्यहरूको जानकारी दिनुभयो। पौडेलले अनुगमन ,समन्वयको कार्यलाई प्रभाबकारी बनाउन आर्थिक बर्ष २०८०/८१ को ब्यबस्थित कार्यतालिका निर्माण गरेको जानकारी दिनु भयो।

हेर्नुहोस सम्पादित कार्यहरूको पूर्ण पाठ
जिल्ला समन्वय समिति नेपालको संविधान द्धारा स्थापित निकाय हो ।नेपालको संविधानको धारा २२०, स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९२-९६ संघ, प्रदेश तथा स्थानीय तह समन्वय ऐन २०७७ को दफा २६ ले जिल्ला समन्वय समितिलाई संवैधानिक र कानुनी काम कर्तव्य र अधिकार तोकिएको छ । जिल्ला समन्वय समितिलाई थुप्रै कानुनी भूमिका दिइएको र स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्‍कन LISA र वित्तिय सुशासन जोखिम मुल्याङ्‍कन FRA स्थानीय आर्थिक विकास मुल्याङ्‍कन कार्यविधी २०७९, ले थप भूमिका प्रदान गरिएको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम सहकार्य, समन्वय र सहअस्तित्वमा आधारित संघीयताको तीन तह मध्ये अरु तहलाई भङ्ग वा विघटन वा निलम्बन हुन सक्ने व्यवस्था गरिएको छ तर जिल्ला समन्वय समिति सहितको स्थानीय तह भंग हुने वा विघटन हुने कल्पना संविधानले गरेको छैन । संविधान संसोधन नभएसम्म यसको भूमिका प्रभावकारीतामा कहिँ कतैबाट औला नठड्याई यसलाई थप स्रोत साधन जनशक्तिको व्यवस्था र ऐन कानुनको निर्माण गरी मजबुत वनाउनुपर्ने देखिन्छ । आ.ब.079/80 बाट वित्तिय सुशासन जोखीम मुल्याङ्कन FRA को सार्वजनिकरण सबै पालिकाहरुको रोहवरमा समीक्षा गरी गर्ने थालनी गरिएको र यसै वर्षबाट विषयगत कार्यालयहरुको अर्धवार्षिक समीक्षा गर्ने परिपाटीको विकास गरी यस वर्ष २० वटा कार्यालयहरुको अर्धवार्षिक समीक्षा गरिसकिएको छ ।आ.ब.079/80 बाट जिल्ला परियोजना सल्लाहकार समिति DPAC को वैठकमा प्रस्तुतिकरण गरिने ढाँचाको एकरुपताको लागि ढाँचा तयार गरी सबै गै.स.स हरुलाई परिपत्र समेत गरिसकिएको छ ।2080 श्रावणबाट वार्षिक कार्यतालिका बनाई कार्य आरम्भ गरिएको छ । कार्यविधी निर्माण (समन्वय कार्यविधी) गरी सदस्यहरुको भूमिका बढाइएको छ । सदस्यका बारेमा सुविधा र कानुनले जिम्मेवारी नतोकेको अवस्थामा सभाले कार्यविधी बनाई भूमिका वढाएको हो । स्थानीय सरकार संचालन ऐन 2074 को दफा 95 मा भएको व्यवस्था अनुसार जिल्ला समन्वय समिति सँग संघीय कार्यालय र प्रदेश कार्यालयले समन्वय गर्ने प्रावधान भएता पनि विगतमा यस दफाको प्रयोग नभएको तर यस पटकबाट प्रयोग गर्ने प्रयत्न गरियो ।
स्थानीय तहको दोस्रो निर्वाचन 2079 पश्चात जिसस कास्कीबाट भएको कामकारबाहीको विवरण निम्न बमोजिम रहेको छ
बैठक संख्या बैठक मिति निर्णय संख्या महत्वपूर्ण निर्णयहरु
१ 2079/02/25 ४ – सदस्यज्यूहरुलाई विषयगत क्षेत्रको जिम्मेवारी तोकिएको
– निर्वाचन क्षेत्र अनुसार अनुगमन, सहजिकरण र समन्वय गर्ने जिम्मेवारी तोकिएको
२ 2079/03/21 6 – 2079/03/17 को वार्षिक समिक्षाको समिक्षा
– 2079/04/20 मा जिसस स्थापना दिवस मनाउने
३ 2079/04/29 6 – जिल्ला सभाको आन्तरिक तयारी गर्ने निर्णय
– वार्षिक समिक्षा छुटेका कार्यालयहरुलाई प्रस्तुतीकरणमा बोलाउने
४ 2079/05/31 7 – निजामती सेवा दिवसमा मानव सेवा आश्रममा गरिएको सहयोगको समर्थन
– ढुंगा, गिट्टी वालुवा उत्खनन विक्रि तथा व्यवस्थापन सम्बन्धी नियमन कार्यविधी बनाउने र समन्वय कार्यविधी बनाउन मस्यौदा समिति गठन
५ 2079/06/28 4 – प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन 2079 मा कार्यालयबाट भौतिक सहयोग उपलब्ध गराउने
– सदस्यहरुले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा जानकारी
६ 2079/08/29 7 – नवनिर्वाचित प्रतिनिधी सभा र प्रदेश सभा सदस्यज्यूहरुलाई स्वागत सम्मान तथा परिचयात्मक कार्यक्रम राख्ने निर्णय
– LISA र FRA को फ्लोअप अनुशिक्षण कार्यक्रमको जानकारी
– पदाधिकारीहरुको बढीमा १० हजार रुपैयाँ सम्मको विमा गराउने
– कार्यालयको सुरक्षा व्यवस्थापनमा सुरक्षा गर्ड र वगैँचा व्यवस्थापन गर्ने
७ 2079/09/11 4 – मिति 2079/09/22 र २३ गते पोखरामा हुन गइरहेको जिसस महासंघको चौथो बैठकलाई आवश्यक सहयोग गर्ने निर्णय गरियो ।
८ 2079/09/29 9 – जिसस पदाधिकारीहरु तथा स्थानिय तहका पदाधीकारीहरुलाई क्षमता अभवृद्धि कार्यक्रम संचालन गर्ने निर्णय
– राष्ट्रिय योग दिवस मनाउने निर्णय
१० 2079/11/26 6 – मिति 2079/11/28 29 गते अर्धवार्षिक समिक्षा राख्ने निर्णय
– मिति 2079/12/13 गते छैटौ जिल्ला सभा गर्ने निर्णय
११ 2079/12/08 4 – समन्वय कार्यविधी 2079 र नदी तथा खानीजन्य पदार्थ उत्खनन विक्री वितरण ऐन निकासी र क्रसर संचालनको नियमन सम्बन्धी कार्यविधी 2079 जिल्ला सभामा पेश गर्ने निर्णय
१२ 2079/12/29 5 – छैटौ जिल्ला सभाको समिक्षा
– जिल्ला सभाबाट पारित ३२ बुँदे निर्णय कार्यान्वयन गर्ने ।
१३ 2080/01/29 6 – छैटौ जिल्ला सभाबाट पारित समन्वय कार्यविधीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने
१४ 2080/03/31 10 – आगामी आ.ब.2080/081 को लागि वार्षिक कार्यक्रम तालिका स्वीकृत

महत्वपूर्ण कार्यक्रमहरु
१. मिति 2079/03/17 गते वार्षिक समिक्षा विषयगत कार्यालयहरुको गरिएको
२. 2079/04/20 मा जिसस स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा नं.27 को सैला पाखामा रहेको कृष्ण प्रणामी वृद्धा तथा वाल आश्रमलाई खाद्यान्न सहयोग गरिएको ।
३. निजामती सेवा दिवसको उपलक्ष्यमा मानव सेवा आश्रममा सहयोग
४. मिति 2079/09/08 मा प्रतिनिधी सभा र प्रदेश सभा सदस्यहरुलाई स्वागत, सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न ।
५. मिति 2079/09/22 र २३ गते पोखरामा भएको जिसस महासंघको चौथो वैठकमा Home District को हैसियतले सहयोग गरी सम्पन्न गर्ने भूमिका खेलेको ।
६. जिसस पदाधिकारी स्थानिय तहका पदाधिकारी र ७२ वटै वडाका वडाध्यक्षहरुलाई क्षमता अभिवृद्धिको प्रशिक्षण कार्यक्रम सम्पन्न ।
७. डिभिजन वन कार्यालयको समन्वययमा वडाध्यक्षहरुलाई प्रशिक्षण
८. छैटौं जिल्ला सभा सम्पन्न ३२ वुँदे निर्णय पारित ।
९. गैर सरकारी संस्था महासंघको समन्वयमा २ दिने गैसस समिक्षा कार्यक्रम सम्पन्न गरिएको ।

विषयगत कार्यालयको समिक्षा/अन्तरक्रिया
मिति कार्यालय प्रमुख
2080/01/14 – सडक डिभिजन कार्यालय
– खानेपानी तथा सरसफाई डिभिजन कार्यालय
– जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय – पारसमणी हमाल
– इ सन्जय कोइराला
– किरण आचार्य
2080/01/19 – पूर्वाधार विकास कार्यालय
– भूमिगत जलस्रोत
– शहरी विकास तथा भवन निर्माण विभाग – महेन्द्र बाँनिया
– नारायण कृष्ण गणेश
– इ रामकृष्ण गिरी

असल अभ्यास सिकाई अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न
१. जिल्ला समन्वय समिति कास्कीले यस वर्ष अन्तर जिल्ला अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न
क. जिल्ला समन्वय समिति मकवानपुर
ख. जिल्ला समन्वय समिति पाल्पा
ग. जिल्ला समन्वय समिति नुवाकोट
घ. जिल्ला समन्वय समिति रसुवा
ङ. जिल्ला समन्वय समिति दोलखा
च. जिल्ला समन्वय समिति सिन्धुपाल्चोक
२. असल अभ्यास सिकाई अनुभव आदानप्रदान कार्यक्रमको लागि कास्की समन्वय समितिमा सम्पन्न कार्यक्रमहरु
क. जिसस मकवानपुर
ख. जिसस कपिलवस्तु
ग. जिसस रामेछाप
घ. जिसस झापा
ङ. जिसस काठमाण्डौ

सरोकार समितिको वैठक र निर्णय
१. मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनको समिक्षा बेठक मिति 2079/04/05 गते ब
निर्णय संख्या:- ४
महत्वपूर्ण निर्णय:- स्थानिय तह समन्वय समिति सबै पालिकाले श्रावण महिनाभित्र गठन गरी कार्ययोजनाको कार्यान्वयनको क्रियाकलापको समन्वय र सहजीकरण गर्ने र सो को प्रगति विवरण पठाउने ।
उपलब्धी:- सबै स्थानिय तहमा स्थानिय तह समन्वय समिति गठन भएको ।

समन्वयात्मक बैठक
२०७९/07/04 गते जिसस परिसरका कार्यालयहरुवीच समन्वयात्मक वैठक बसी जिसस परिसरको सुरक्षा व्यवस्था र परिसरको बगैँचा व्यवस्थापन गर्ने सम्बन्धी निर्णय ।

जिल्ला परियोजना सल्लाहकार समिति DPAC बैठक
क्र.स मिति संस्था
१ 2079/02/20 वालकल्याण संस्था Children Welfare Association
2 2079/02/29 कोपिला नेपाल
3 2079/04/24 र 25 गते गैसस समिक्षा ९८ वटा संस्थाको सहभागिता २७ को प्रस्तुतिकरण
४ 2079/05/30 स्टार चिल्ड्रेन
५ 2079/08/01 टि.पि.ओ नेपाल
६ 2079/09/06 नौलो घुम्ती नेपाल
७ 2079/09/24 पिताको घर
८ 2080/03/08 कोपिला नेपाल

बालगृहको अनुगमन
क्र स मिति वालगृहको नाम

१ 2080/01/27 – अन्नपूर्ण आत्मनिर्भर वाल आश्रम पोखरा-16
– दयाको सेवा नेपाल पोखरा – 19
– शिवशक्ति कल्याणी केन्द्र पोखरा – 19
– असाहय वाल उपकार केन्द्र हेम्जा -25
२ 2080/01/26 – एसोसिएसन अन्नपूर्ण नेपाल
– दिदी बहीनी वचाउ कास्की पोखरा – 7
– रेन्वो चिल्ड्रेन होम नेपाल पोखरा – ६
– वाल कल्याण संस्था पोखरा -१८
– हिमाली वालकल्याण संरक्षण मंच पोखरा – 18
3 2080/1/25 – कोपिला वाल गृह पोखरा -22
– अन्नपूर्ण आत्मा वाल आश्रम पोखरा – 19
– दयाको सेवा नेपाल
– शिवशक्ति कल्याणी केन्द्र
– स्टार चिल्ड्रेन कास्की
4 2080/1/28 – समन्वय नेपाल
– हिमालको अनुग्रह र सत्य वाल गृह पोखरा -30
– थ्रि एन्जल नेपाल
– HAPPY HOME
– सृजनशिल वालविकास कार्यक्रम
– पिडित सेवा केन्द्र
– हिमालयन लाइफ नेपाल पोखरा – 15

1. ढुंगा, गिट्ठी, वालुवा उत्खनन विक्रि तता व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 को दफा 9 बमोजिम गठित जिल्ला अनुगमन समितिको अनुगमन र वैठक सम्बन्धी जानकारी
मिति 2079/09/25 गते स्थालगत अनुगमन गरिएका उद्योग
क. कार्यसिद्धि विनायक निर्माण सामाग्री उद्योग प्रा.लि.
ख. शिवशक्ति रोडा ढुङ्गा उद्योग
ग. स्ट्रङ एग्रीगेट एण्ड व्लक उद्योग
२. मिति 2079/12/30 मा पोखरा महानगरपालिका वडा नं.25 र 19 मा रहेका रुद्र महादेव घाट, तुलसीघाट, ढावघाट, मोदीघाट क्षेत्रको स्थलगत अनुगमन
३. अनुगमन समितिको वैठक
क. 2079/04/05 निर्णय संख्या 10
ख. 2079/09/24 निर्णय संख्या 2
अन्य सरकारी निकाय र संघसंस्थासँगको अनुगमन
१. मिति 2079/03/04 मा पोखरा महानगरपालिका वडा नं.33 मा निर्माण कार्य भएर पनि संचालनमा आउन नसकेकी सुरक्षित आवास गृहको स्थलगत अनुगमन
२. मिति 2079/08/12 पोखरा महानगरपालिका वडा नं.17 मा सिद्धार्थ राजमार्ग फेवा नहर माथि निर्माणाधिन मोटरेवल पक्की पुल र फेवा बाँध नजिकै सिस्टेरिमा निर्माणिधिन पक्की पुलको स्थलगत अनुगमन
३. मिति 2079/09/28 मा पोखरा १७ र २१ जोड्ने दम्साधिघाट पुलको स्थलगत अनुगमन । माननिय विद्या भट्टराई सडक डिभिजन कार्यालयका प्रमुख पारसमणी हमालको रोहवरमा ।
४. मिति 2079/11/19 मा अन्नपूर्ण गाउँपालिका वडा नं.11 को नवनिर्माण भएको वडा भवन स्थलगत अनुगमन ।

जिल्ला समन्वय समिति कास्की द्धारा 2079 असार महिनामा कास्की जिल्लाका बिभिन्न स्थानीय तहमा सञ्चालित देहाय बमोजिमका आयोजनाहरुको स्थालगत अनुगमन तथा निरिक्षण गरियोः
सि.न. मिति सम्बन्धीत स्थानीय तह अनुगमन गरिएको विषय बस्तु
1. 2079/3/6 माछापुच्छ्रे गाउपालिका लागत साझेदारिमा निर्माण कार्य भइरहेको नबनिर्मित माछापुच्छ्रे गाउपालिकाको प्रमुख प्रशासकिय भवन
2. 2079/3/8 रुपा गाउपालिका लागत साझेदारिमा निर्माण कार्य भइरहेको नबनिर्मित रुपा 3 को गाउघर स्वास्थ्य क्लिनिकको भवन
3. 2079/3/27 अन्नपुर्ण गाउपालिका लागत साझेदारिमा निर्माण कार्य भइरहेको धारापानी मा.बि. को धेराबार वडा न.3
4. 2079/3/27 अन्नपुर्ण गाउपालिका गरिब घर परिवार पहिचान कार्यक्रम ,योजनाहरुको बारेमा जानकारी, वडा न.3,4,5,7,8,9 को वडा भवन, 108धरा निर्माण, खानेपानी निर्माण योजना, विद्यालय घेराबार निर्माण
जिल्ला समन्वय समिति, कास्की द्धारा आ.व.2079/80 कास्की जिल्लाका बिभिन्न स्थानीय तह, प्रदेश र संघीय कार्यालयहरु बाट सञ्चालित देहाय बमोजिमका आयोजनाहरुको स्थालगत अनुगमन तथा निरिक्षण गरियोः
1. मिति 2079/04/30 गतेका दिन संघ, प्रदेस र स्थानिय तहको लागत साझेदारिमा निर्माण कार्य भइरहेको नबनिर्मित माछापुच्छ्रे गाउपालिकाको प्रमुख प्रशासकिय भवनको प्राबिधिक सहित जिल्ला समन्वय समिति कास्की द्वारा स्थलगत अनुगमन तथा निरिक्षण गरियो,
2. मिति 2079/12/02 गतेका दिन गण्डकी प्रदेस सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला-सिक्लेस-दूध पोखरी सडकको 10 कि.मि. निर्माणाधीन कालो पत्रे (DBSD) पहिलो सडक खण्डको जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यू को नेतृत्वमा स्थलगत अनुगमन तथा निरिक्षण गरियो,
3. मिति 2079/12/30 गतेका दिन पोखरा महानगरपालिका 25 स्थीत रुद्रमादेव घाट,तुलसीघाट र पोखरा म.न.पा 19 परुन्चौर क्षेत्रमा पर्ने ढोडेनी घाटको जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यू को नेतृत्वमा द्वारा स्थलगत अनुगमन तथा निरिक्षण गरियो,
4. मिति 2080/01/11 गतेका दिन पुष्पलाल (मध्य पहाडी लोकमार्ग) सडकको मादी गा.पा 9 फुदी बेसी मा पर्ने निर्माणाधीन सडक खण्डको अनुगमन तथा निरिक्षण जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यू को नेतृत्वमा स्थलगत अनुगमन तथा निरिक्षण गरीयो,
5.मिति 2080/01/31 गतेका दिन पुष्पलाल (मध्य पहाडी लोकमार्ग) सडकको अन्नपूर्ण गा.पा मा पर्ने निर्माणाधीन (Retaining Structure) सडक खण्डको अनुगमन तथा निरिक्षण जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यू को नेतृत्वमा स्थलगत अनुगमन तथा निरिक्षण गरियो,
6. मिति 2080/02/02 गतेका दिन पो.म.न.पा. 29र 33 जोड्ने निर्माणधिन सेती नदी पुलको अनुगमन तथा निरिक्षण जिल्ला समन्वय समिति कास्की द्धारा जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यू को नेतृत्वमा स्थलगत अनुगमन तथा निरिक्षण गरियो ।
जिल्ला समन्वय समिति, कास्की द्धारा आ.व.2079/80 कास्की देहायका कार्यालय बाट सञ्चालीत आयोजनाहरुको प्रगती विवरण को बारेमा बिषयगत समिक्षा गरियोः
1. मिति 2080/01/14 गतेका दिन जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यूको अध्यक्षतामा डिभिजन प्रमुख पारसमणी हमाल ज्यूको उपस्थीतिमा सडक डिभिजन कास्की बाट सञ्चालित बिभिन्न सडक आयोजनाहरुको प्रगती विवरणका बारेमा छलफल गरियो,
2. मिति 2080/01/14 गतेका दिन जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यूको अध्यक्षतामा ई.संजय कोईराला ज्यूको उपस्थीतिमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जा, ईकाइ कार्यालय कास्की बाट कास्की जिल्लामा सञ्चालित बिभिन्न खानेपानी आयोजनाहरुको प्रगती विवरणका बारेमा छलफल गरियो,
3. मिति 2080/01/14 गतेका दिन जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यूको अध्यक्षतामा डिभिजन प्रमुख किरण आचार्य ज्यूको उपस्थीतिमा जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्कीबाट कास्की जिल्लामा सञ्चालित बिभिन्न सिंचाइ तथा नदी संरक्षण आयोजनाहरुको प्रगती विवरणका बारेमा छलफल गरियो,
4 मिति 2080/01/19 गतेका दिन जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यूको अध्यक्षतामा कार्यालय प्रमुख नारायण कृष्ण गणेस उपस्थीतिमा भूमिगत जलश्रोतज्यूको कार्यालय कास्की बाट सञ्चालित बिभिन्न भूमिगत सिंचाई आयोजनाहरुको प्रगती विवरणका बारेमा छलफल गरियो,
5. मिति 2080/01/19 गतेका दिन जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यूको अध्यक्षतामा डिभिजन प्रमुख डा. महेन्द्र बहादुर बानियाँको ज्यूको उपस्थीतिमा पूर्वाधार विकास कार्यालय कास्की बाट सञ्चालित बिभिन्न आयोजनाहरुको प्रगती विवरणका बारेमा छलफल गरियो,
6. मिति 2080/01/19 गतेका दिन जिल्ला समन्वय प्रमुख लिलाधर पौडेल ज्यूको अध्यक्षतामा ई. राम कृष्ण गिरी ज्यूको उपस्थीतिमा शहरी विकास तथा भवन निर्माण विभाग ,संघीय आयोजना कार्यान्वयन इकाई, कास्की बाट सञ्चालित बिभिन्न आयोजनाहरुको प्रगती विवरणका बारेमा छलफल गरियो।

हेर्नुहोस कार्यतालिकाको पूर्ण पाठ (आ.व.२०८०-८१ )
क्र स कार्यक्रम मिति गतिविधी सहयोगी निकाय/जिम्मेवार संस्था
१ पत्रकार भेटघाट 2080/04/05 दोस्रो निर्वाचन पश्चात १ वर्षे कार्यकालको सार्वजनिकरण जिसस/पत्रकार महासंघ
२ स्थापना दिवस 2080/4/20 Voice for voiceless people मा जाने जिसस/स्थानिय तह/सामाजिक संस्था

३ जिल्लागत प्रोफाइल तयारी 2080/04/26 सबैपालिकाको तथ्याङ्क संकलनको लागि स्थानिय तहका प्रमुख तथा प्र.प्र.अधिकृतहरुसंग अन्तर्किया जिसस/विषयगत कार्यालय
४ क्षमता अभिवृद्धि (पहिलो) 2080/04/30 र 31 स्थानिय तहका उपाध्यक्ष/दलित जनप्रतिनिधी स्थानिय तह/ जिसस
५ छलफल र अन्तर्किया 2080/05/7 र 8 गते विषयगत कार्यालयको बजेट कार्यान्वयन कार्यतालिका बनाउने जिसस/विषयगत कार्यालय
६ वार्षिक समिक्षा/क्षमता अभिवृद्धि कार्यक्रम दोस्रो 2080/05/29 वन वातावरण विषयगत कार्यालयहरु र जिसस
७ गैसस वार्षिक समिक्षा 2080/05/29 र ३० गते वार्षिक समिक्षा जिसस/गैसस महासंघ
८ वालगृह संचालक/ वालवालिकाहरु संग अन्तरक्रिया 2080/06/22 जिसस पदाधिकारी/अन्तरपालिका पदाधिकारीहरु प्रदेश वाल अधिकार परिषद्/जिसस/ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
९ क्षमता अभिवृद्धि कार्यक्रम तेस्रो 2080/06/28 जिसस पदाधिकारी/कर्मचारी अन्तरपालिका पदाधिकारी जिसस/ गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान
१० स्थानिय तहसँग अन्तर्किया 2080/07/13 LISA/FRA सहजिकरण (१)
वजेट कार्यान्वयनको प्रथम चौमासिक समीक्षा (२) जिसस/स्थानिय तह/ग.प्र.प्र.प्र.

११ नदीजन्य तथा खानीजन्य उद्योग संचालकसँगको अन्तर्किया 2080/08/06 निति कार्यक्रम कार्यान्वयनको सवाल जिसस/अनुगमन समिति/उद्योग तथा पर्यटन कार्यालय
१२ सातौं जिल्ला सभा 2080/10/04 जिसस/स्थानिय तह
१३ राष्ट्रिय गौरव, प्रदेश गौरवका र स्थानिय गौरवका आयोजनाको आयोजना प्रमुखसँगको अन्तरक्रिया 2080/08/19 जिसस/आयोजना प्रमुख
१४ एकीकृत विकास रणनीतिको लागि समिक्षा 2080/09/17 प्रदेश नीति योजना आयोग/प्रदेश मन्त्रालयसँगको सहकार्य
१५ अन्तर स्थानीय प्रमुख/उप प्रमुख अध्यक्ष/उपाध्यक्ष/प्रशासकिय अधिकृत 2080/09/25 स्थानीय तह सबै
16 स्थानिय तहका असल अभ्यास सिकाई कार्यक्रमको समिक्षा 2080/09/17 छिमेकी जिल्लाका स्थानीय तह समेत
17 सीमावर्ती जिल्लाका जिसस प्रमुख र समन्वय अधिकारीसँग छलफल 2080/09/17 स्थानीय तह/छिमेकी जिल्लाका स्थानीय तह समेत
१8 FRA/LISA नतिजा सार्वजनिकरण 2080/10/08 जिसस/स्थानिय तह
19 संरक्षण क्षेत्र र पालिका वीच छलफल अन्तर्किया 2080/10/17 जिसस स्थानिय तह/संरक्षण क्षेत्र
20 अर्धवार्षिक समिक्षा 2080/10/23 विषयगत कार्यालय
२1 अन्तरक्रिया स्थानिय विपद् व्यवस्थापन समिति 2080/11/11 जिसस/स्थानिय तह/रेडक्रस/गैसस
२2 ऐन नियम निर्देशिका निर्माणको लागि पैरवीको लागि छलफल 2080/11/17 प्रदेश नीति योजना आयोग/मन्त्रालय
२3 दिगो विकासका लक्ष्यहरुको प्रगती समिक्षा समन्वय 2080/12/28
२4 विषयगत कार्यालयको समिक्षा 2080/01/09 विषयगत कार्यालय
२५ निजी क्षेत्रका व्यवसायीहरुसँग छलफल 2081/01/15 निजी क्षेत्र
२६ जेष्ठ नागरिकहरुसँग अन्तरक्रिया 2081/01/25 सामाजिक विकास कार्यालय/गैसस
२७ फेवाताल लगायतका ९ तालहरुको प्रगती समिक्षा 2081/02/10 स्थानीय तह ताल प्राधिकरण

नियमित कार्यक्रमहरु निरन्तर चलिरहने
१. मासिक बैठक
२. विषयगत समितिका बैठक जस्तो:-
क. पाँचौ राष्ट्रिय मानवअधिकार कार्यान्वयन योजना
ख. नागरिक आरोग्य समिति
ग. राष्ट्रपति रनिङ शिल्ड
घ. भू तथा जलाधार संरक्षण समिति
ङ. खोप समन्वय समिति आदि ।
च. शिक्षा समन्वय समिति, जिल्ला परियोजना सल्लाहकार समिति आदि ।
३. नियमित अनुगमनका कार्यहरु
४. संघ प्रदेश र स्थानिय तहका विकास निर्माणका योजनाहरु
५. कार्यालयमा बाहिरबाट आउने सिकाई अभ्यास र अनुभव कार्यक्रम
जस्तो – अन्तर स्थानिय तह / अन्‍तरजिल्ला
– विद्यालयमैत्री कार्यक्रम
– विभिन्न समितिमा संस्थागत तथा पदिय प्रतिनिधित्वका कार्यक्रमहरु

Skip to toolbar